देवदह। रुपन्देहीको देवदहमा रहेको पल्लवी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचनको प्रमुख आतिथ्यता,लुम्विनी प्रदेश सहकारी विकास बोर्ड सदस्य टिका गौतम लगायत अतिथि,संचालक समिति र शेयर सदस्यहरुको उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो।

अधिबेशन बाट अध्यक्षमा प्रमोद खनाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन्।त्यसै गरि संस्थाको उपाध्यक्षमा कृष्ण गैरे,सचिवमा शिव पाठक ,कोषाध्यक्ष जगन्नाथ अधिकारी र लेखा संयोजक नामदेव अर्याल निर्वाचित भएका छन्।
देवदह ७ शितलनगरमा प्रधान कार्यालय रहेको सहकारीको २, ६ नम्वर देवदह–४, भवानीपुर र देवदह–१०, चरेङ्गेमा सेवा केन्द्र स्थापना गरि कार्यालय संचालन गरिरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij