लुम्बिनी,गुराँस मिडिया। नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो ।जस अनुसार लुम्बिनी प्रदेशको इन्चार्जमा छबिलाल विश्वकर्मा चयन भएका छन् ।पुर्व मन्त्रि बिश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित संघिय सांसद हुन्। पार्टीको चितवनमा भएको १० औं महाधिबेशन बाट विश्वकर्मा नेकपा एमालेको सचिबमा समेत अत्यधिक मत सहित बिजेता बनेका थिए।
एमाले यस्तै, प्रदेशको सह–इन्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधिराम न्यौपाने, बैजनाथ चौधरी र दलबहादुर राना तोकिएका छन् ।
त्यसै गरि प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।
त्यसै गरि नेकपा एमालले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आइतबार भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीका लागि ४५ जनाको नाम प्रस्तनव गरेको हो । यस्तै आजै केन्द्रीय कमिटी बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका छ ।
हेर्नुहोस् सूची
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभू साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्मत कार्की
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij