मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई

प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई

images
  • 555
    SHARES

  • images
    images
    images
    प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई
    images
    images
    images

    गुराँस मिडिया। कांग्रेस सभापतिको निर्वाचनमा पहिलो चरणबाट बाहिरिएका एक उम्मेदवार प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन्।दोस्रो चरणमा सभापति पदका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।

    पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि कांग्रेसको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणमा मङ्गलवार साढे ३ बजेदेखि मतदान हुँदैछ।सिंहले आफ्नो निवास चाक्सीबारीमा त्यस्तो घोषणा गर्दा देउवा पनि साथमै उभिएका थिए।

    images
    images
    images

    ''हामीले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर निर्वाचनमा भाग लिएका हौँ। तर देशभरिकै महाधिवेशन प्रतिनिधिको अधिकांशको बहुमतमा शेरबहादुरजीको स्वीकार्यता देखियो,'' सिंहले भने।

    सोमवार राति सम्पन्न निर्वाचनमा कूल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मत खसालेको र तीमध्ये देउवाले २,२५८ अर्थात् ४८.२५ प्रतिशत मत ल्याएका छन्।

    कोइरालाले १,७२९ मत अर्थात् ३६.९५ प्रतिशत मत प्राप्त गरे।

    प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले क्रमश: ३७१, २४९ र २० मत प्राप्त गरे। कूल खसेको मतमध्ये ७७ बदर भएको जनाइएको छ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर २८ २०७८११:४७:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij