काठमाडौं । एमसीसीविरुद्ध संसद घेराउ कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा दर्जनौँ घाइते भएका छन्।
बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा पूर्वमन्त्री एवं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’सहित दर्जनौँ घाइते भएका छन् ।
प्रहरीले लाठी हानेपछि प्रतिरोध गर्दा केही प्रहरीहरु पनि घाइते भएको बताइएको छ।
एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका विप्लव नेकपा सहित आठ राजनीतिक पार्टी र मोर्चाले प्रहरीको दमन र हस्तक्षेपका बाबजुद आज बानेश्वरस्थित संसदभवन घेराउ कार्यक्रम जारी राखेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij