मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपालको खेर जाने बिद्युत किन्न बंगलादेश इच्छुक

नेपालको खेर जाने बिद्युत किन्न बंगलादेश इच्छुक

images
  • 483
    SHARES

  • images
    images
    images
    नेपालको खेर जाने बिद्युत किन्न बंगलादेश इच्छुक
    images
    images
    images

    काठमाडौं । बंगलादेशले नेपालमा खेर गइरहेको बिजुली खरिद गर्ने इच्छा व्यक्त गरेको छ ।

    बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए । ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले प्रतिनिधि मण्डलसँग भने, ‘त्यो विद्युत् हामी खरिद गर्न सक्छौं ।’

    images
    images
    images

    उनले नेपालबाट विद्युत आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर बढी हुने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए ।

    ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले भने । बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता (पीपीए) गराउने गृहकार्य सुरु गर्ने पनि राज्यमन्त्री नसरुलले बताए ।

    नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्ने गृहकार्य अघि बढाउन पनि तयार रहेको मन्त्री नसरुलले बताए । अहिलेसम्म नेपालको निजी क्षेत्रले विद्युत् ब्यापारको अनुमति भने पाएको छैन । उनले जनवरी २०२२ देखि यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाए ।

    भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ । नेपालको बिजुलीको सम्भाव्य बजार भारत भएपनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ ।

    भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे । उनले नेपालका निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे ।

    परिसंघको पूर्वाधार समितिका सभापति एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, मंसिर २९ २०७८०९:००:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij