बृुटवल । बुटवलमा टिप्परको ठक्कर बाट एक जनाको मृत्यु भएको छ। तिनाउ पुलमा टिप्परले स्कुटीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । बिहीबार साँझ तिनाउ पुलमा पूर्वबाट पश्च्मि जाँदै लु २ ख ४९६७ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको लु ४४ प १६११ नम्बरको स्कुटीलाई पुलमा ठक्कर दिएको थियो ।
दुर्घटनामा परी सर्लाहीको पणेना गाउँपालिका–६ स्थायी घर भएका स्कुटीका चालक १९ वर्षीय आकाश पटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।टिप्परको ठक्कर बाट गम्भीर घाइते भएका पटेललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
ठक्कर दिने टिप्पर र चालक इलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij