मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बागमती किनारमा फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट

बागमती किनारमा फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट

images
  • 516
    SHARES

  • images
    images
    images
    बागमती किनारमा फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट
    images
    images
    images

    काठमाडौँ । बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन ।

    बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै छ भन्नुभयो ।

    images
    images
    images

    यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने छ ।

    पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुलसहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ । स्थानीय तह र प्रहरीसँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन सुरु भएको बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष २ २०७८०७:०१:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij