मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिनाउका विद्यार्थीलाई न्यानो कपडा वितरण

तिनाउका विद्यार्थीलाई न्यानो कपडा वितरण

images
  • 308
    SHARES

  • images
    images
    images
    तिनाउका विद्यार्थीलाई न्यानो कपडा वितरण
    images
    images
    images

    गुराँस मिडिया। पाल्पाको तिनाउ ३ का आधा दर्जन विद्यालयमा अध्ययनरत बालबालिकाहरुले न्यानो कपडा पाएका छन्। वडा नम्बर ३ को वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत यहा ६ वटा विद्यालयका ८६३ बालबालिकाहरुले न्यानो कपडा प्राप्त गरेका हुन् । वडाअन्तर्गत रहेका तिलोत्तमा मावि झुम्साका ५ सय विद्यार्थी, आदर्श आधारभूत विद्यालय ज्यामिरेका १३२ जना, गौतमबुद्ध आधारभूत विद्यालय चुरेडाँडाका ५५ जना, सरस्वती आधारभूत विद्यालय मरेकका २५ जना तथा सिर्जना आधारभूत विद्यालयका १३९ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको तिनाउ ३ का अध्यक्ष प्रेम पाण्डले जानकारी दिए।

    267412543_1755235801339902_5487250051445231564_n.jpg

    images
    images
    images

    विद्यालयहरुमा न्यानो कपडा वितरणको कार्यक्रम अन्तर्गत लिनाज-२ श्री डाडामा अवस्थितसिर्जना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विहिबार न्यानो कपडा वितरण गर्दै अध्यक्ष पाण्डेले वडाको विकासमा प्रहिलो प्राथमिकता शिक्षालाई दिइएको दाबी गरे । भौतिक संरचना तथा पूर्वाधार विकासले मात्रै समृद्धि हासिल गर्न नसकिने बताउँदै उनले शिक्षाका आधाभूत प्राथमिकताहरुलाई अनिवार्य पूरा गर्ने गरी अघि बढिएको उल्लेख गरे । गाउंपालिकामै पहिलो झुम्साको तिलोत्तमा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै नले सबैको हातेमालोमा अन्य विकासका कामहरु पनि सफल पार्नु पर्ने उनले बताए।

    268312012_462547715236856_8781159068119891497_n.jpg

    न्यानो कपडा वितरण अभियानको समापनका अवसरमा आयोजित सभामा बोल्दै सिर्जनामाध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण दर्लामीले शैक्षिक विकासका लागि भौतिक पूर्वाधारका साथै प्रयाप्त शिक्षक दरबन्दी नहुँदा समस्या भएको गुनासो. गरे। विद्यालयको आन्तरिक स्रोत तथा अनुदानका आधारमा शिक्षक कर्मचारी पाल्नुपर्ने अवस्था रहेको गुनासो गर्दै उनले यसका लागि गाउंपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारले ध्यान दिन आग्रह गरे ।

    तिनाउ ३ का वडा सदस्य पम्फा थापा, गँगाबहादुर पुन, हेमबाहादुर दर्लामी, हुमादेवि सुनार, समाजसेवी विष्णु पाण्डे तथा सिर्जना आधारभूत विद्यालयका प्रधानाध्यापक भिमप्रसाद उपाध्यायले शैक्षिक बिकासका लागि भौतिक संरचना तथा पूर्वाधार विकासमा जोड दिए।

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष ३ २०७८०८:४१:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij