मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सभापतिका उपविजेता कोइराला स्वतः केन्द्रीय सदस्य

सभापतिका उपविजेता कोइराला स्वतः केन्द्रीय सदस्य

images
  • 458
    SHARES

  • images
    images
    images
    सभापतिका उपविजेता कोइराला स्वतः केन्द्रीय सदस्य
    images
    images
    images

    काठमाडौं। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन्। नेपाली कांग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई स्वतः केन्द्रीय बन्न बाटो खुला गरेको हो।

    कांग्रेसको विधानको धारा ६५ मा भनिएको छ- 'पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ।'

    images
    images
    images

    कोइराला सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवासँग पराजित भएका थिए। पहिलो चरणमा ५ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा देउवा पहिलो र कोइराला दोस्रो भएका थिए। उनीहरुले क्रमशः २२५८ र १७०२ मत पाएका थिए। त्यस्तै, तेस्रो भएका प्रकाशमान सिंहले ३७१, चौथो भएका विमलेन्द्र निधिले २५० र पाँचौँ भएका कल्याण गुरुङले २२ मत पाएका थिए।

    पहिलो चरणमा भएको मतदानमा कसैले खसेको मतको पचास प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। त्यसपछि भने देउवा विजयी भएका थिए। उनले २७३३ मत प्राप्त गरेका थिए। कोइरालाले भने १८५५ मत मात्रै पाएका थिए।

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष ३ २०७८०१:३६:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij