
देवदह,गुराँस मिडिया। रुपन्देहीको देवदहमा अत्याधुनिक सेवा सहितको खैरेनी पोलिक्लिनिक संचालनमा आएको छ।विशेषज्ञ डाक्टरहरु र अत्याधुनिक प्रयोगशाला सहित देवदहको खैरेनीमा पोलिक्लिनिक संचालनमा आएको हो।
पोलिक्लिनिकको देवदह मेडिकल कलेज भलुहीका निर्देशक, वरिष्ठ हाडजोर्नी तथा छाला रोग विशेषज्ञ डाक्टर जयराम शर्माले मेडिकल अफिसर नुपेन्द्र पोखरेल फिजिसियन डाक्टर सुन्दर पाण्डे लगायतको उपस्थितिमा रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो।

उद्घाटनको अवसर पारेर निःशुल्क ओ.पि.डी.जांच र सुगर परिक्षण,थाइराइड जांच शुल्क ६ सय, प्रयोगशाला /भिडियो एक्सरे र एक्सरे टेष्टमा ३०% छुट सहित सेवा प्रदान गरिएको पोलिक्लिनिकका अध्यक्ष दिपक थापाले बताउनु भयो। बिरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यसअघि देवदहमा उपलब्ध भएका सेवाहरु भन्दा खैरेनी पोलिक्लिनिकले प्रभावकारी ढंगले सेवा दिने अध्यक्ष थापाले गुराँस मिडियालाई बताउनुभयो।

२४ सै घण्टा मेडिकल अधिकृत डाक्टरद्वारा उपचार सहित इमर्जेन्सी सेवा उपलब्ध हुने पोलिक्लिनिकका प्रबन्ध निर्देशक मधु भण्डारीले बताउनुभयो। हाल देवदह र आसपासका सर्वसाधारणलाई सर्वसुलभ उपचारका लागि बुटवल धाउनु पर्ने स्थिति रहेको छ। क्लिनिक संचालनमा आए पछि देवदह नगरपालिका सहित सुनवल नगरपालिका,रोहिणी र ओमसतिया गाउँपालिका र पाल्पाको माथागढ़ी गाउँपालिकाका सर्वसाधारण समेत लाभाविंत हुने प्रबन्ध निर्देशक भण्डारीले बताउनुभयो।

क्लिनिकमा विशेषज्ञ डाक्टर सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, भिडियो एक्स-रे सेवा, डिजिटल एक्स-रे सेवा , नेबुलाइजर सेवा, ई.सि.जि. सेवा, माइनर अप्रेशन र होलबडि चेकअप,इमरजेन्सी सेवा, उपलब्ध हुने संचालक सुबास खातीले बताउनुभयो।
क्लिनिक करिब १ करोड ५० लाख बढीको लगानीमा दिपक थापा,मधु भण्डारी,सुबास खाती र प्रेम क्षेत्रिले संयुक्त रुपमा संचालनमा ल्याएका हुन्।
मिनी काउली बुढी पुस्पा मगरको भिडियो हेर्नुहोस।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij