सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सहिद दुर्गा तिवारीको स्मृतिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

सहिद दुर्गा तिवारीको स्मृतिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

images
  • 622
    SHARES

  • images
    images
    images
    सहिद दुर्गा तिवारीको स्मृतिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
    images
    images
    images

    सुरज भट्टराई,देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ सिगाहामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको पुर्व अध्यक्ष स्व.दुर्गा तिवारीको स्मृतिमा आईतवार बृहत रक्तदान कार्यक्रम श्री जन जागरण युवा क्लबको आयोजना सहिद दुर्गा वसन्त प्रतिष्ठान, लायन्स क्लब अफ देवदह , हरियाली आमा समूह , सृजनसिल आमा समूहको सहयोगमा  भएको हो ।

    No description available.

    images
    images
    images

    रक्तदान कार्यक्रमको उद्धघाटन देवदह नगरपालिकाको कार्यवाहक प्रमुख विद्या लक्ष्मी गुरुङले गर्नु भएको थियो । उक्त कार्यक्रममा देवदहका विभिन्न सामजिक व्यक्तित्वहरुले रक्तदान गरी ३३ पोइन्ट ब्लड जम्मा गरेको कार्यक्रमका संयोजक बलराम पाण्डेले जानकारी  दिएका थिए । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्येक रक्तदाता जिवनदाता हो भन्ने उदेश्यका साथ स्वा. दुर्गा तिवारीको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

    No description available.

    कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको कार्यवाहक प्रमुख विद्या लक्ष्मी गुरुङले स्व दुर्गा तिवारीलाइ स्मरण गर्दै उनले देखाएका सपना पूरा गर्न सम्पुर्ण युवाहरूलाई एकजुट भई लाग्न अनुरोध गर्नुभएको थियो। साथै देवदह नगरपालिका भित्रका नागरिकलाई रगतको आवश्यकता परे नगरपालिकाले १५ पिन्ट सम्म नि:शुल्क रगतको व्यवस्था गरिदिने जानकारी दिनुभएको थियो ।

    No description available.

    कार्यक्रममा सहिद दुर्गा तिवारीको दाजु तथा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारी, सहिद दुर्गा वसन्त प्रतिष्ठानका अध्यक्ष दिपेश मल्ल, नेपाल रेड क्रस देवदह उपशाखा सभापति कृष्ण न्यौपाने लगाएतले बोल्दै स्व दुर्गा तिवारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

    रक्तदान कार्यक्रम क्लबका अध्यक्ष अजय चापागाईंको अध्यक्षता र क्लबका उपाध्यक्ष गोपाल पाण्डेको संचालनमा भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, पौष ४ २०७८०७:२२:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij