गुल्मी। घटना गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका बिरबासको हो। बिरबास ८ मा बसोबास गर्ने २८ बर्षीय गोपाल थापा क्षेत्रिकी श्रीमती २५ बर्षीय सीता थापा क्षेत्रि विगत २ बर्ष देखि मुटुको रोगि थिइन । मुटुको भल्भ साँघुरिएको कारण डाक्टरले बिरामीको अप्रेसन गर्नु पर्ने र त्यसका लागि काठमाडौं गएर अप्रेसन मिति लिएर आउन बिरामीको परिवारलाई सुझाब दिएको थियो। तर परिवारको सदस्यले उपचारमा कुनै चासो नदेखाउदा सीताले अकालमै ज्यान गुमाउन पुगेकी हुन्।
मृतक सीताका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा हाल कतारमा छन्। मुटु रोगीहरुको लागि उपचारमा सहुलियत पनि छ। व्यक्तिगत खर्चमा पनि अप्रेसन गर्न आर्थिक जोह गर्न सक्ने परिवारमा सीताको उपचारको लागि किन हेलचेक्राई र लापरबाही गरियो त?
घटना सम्बन्धि विवरण
सीता क्षेत्रिको जन्म २०५३ जेठ १५ गते गुल्मी दरबार गाउँपालिका जुभुङ्ग ६ घुर्मीमा भएको हो।बुबा शेर बहादुर घर्ती मगर र आमा मीना घर्ती मगरको मिली छोरी सीताको २०७१ सालमा सोहि गाउँपालिका बिरबासका गोपाल थापा क्षेत्रि संग मागी बिबाह भएको थियो। २ बर्ष अघि बहिनीको मुटु रोग सम्बन्धि पहिचान भएको मृतकका माइती दाजु खिम रेशमी मगरले बताए। बहिनीको मुटुको भल्भ साँघुरिएको र उपचारका लागि काठमाडौ लैजान डाक्टरले सल्लाह दिएका थिए। तर २ बर्ष सम्म पनि बहिनीको उपचारमा कुनै चासो नदिएको माइती पक्षको आरोप छ।
माइती पक्षले पटक पटक उपचारका लागि काठमाडौ लैजान आग्रह गर्दा पनि बहिनीको स्वास्थ्य माथि कुथाराघात गर्दै बेवास्ता गरेको र मृतक सीताका श्रीमान गोपाल थापा क्षेत्रिका बुवाले घर सल्लाह गर्छु भन्दै बारम्बार तिमालिरहेको कारण बहिनेल अकालमै ज्यान गुमाएको मृतक सीताका माइती दाजु रेश्मिले बताए।
बहिनीको स्वास्थ्य दिन प्रतिदिन बिग्रदै गएको कारण घर तिरकाले उपचार नगरे हामि उपचार गर्छौ भन्दा पनि घर सल्लाहको नाममा २ बर्ष सम्म गैर जिम्मेवारी व्यवहार गरेको सोहि गैर जिम्मेवारीपन आज बहिनीको मृत्युको कारण बनेको मृतक सीताका माइती दाजु रेश्मिले बताए। गुल्मी बुटवल गराउंदा गराउंदै बहिनीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको र समयमा उपचार नपाएकै कारण बहिनीको मृत्यु भएको मृतक सीताका माइती दाजु रेश्मिको आरोप छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij