पौष ५,पाल्पा ।सिदार्थ राजमार्गको बुटवल पाल्पा सिद्दबाबा सडक खण्डको बैकल्पिक मार्गको रुपमा खोलिएको झुम्सा चौकिभन्ज्याङ चरङ्गे सडक खण्ड ८ महिना देखि अबरुद्ध भएको छ।गत जेठ महिनाको अन्तिम तिर बाट पहिरोको कारण अबरुद्द भएको ट्रयाक अझै खुल्न नसकेको हो।
बुटवल तानसेन सडक खण्ड अन्तर्गत सिद्दबबा झुम्साको बैकल्पिक मार्गको रुपमा हेरिएको उक्त सडक खण्डको झुम्सा देखि चौकिभन्ज्याङ सम्मको ट्रयाक संचालनमा आएपनि देवदह नगरपालिका तर्फको चरङ्गे देखि चौकिभन्ज्याङ सम्मको अबरुद्द सडक खण्ड संचालनमा आउँ नसकेको हो। प्रदेश सरकारले सडकको स्तरोन्नतिका लागि बर्षेनी बजेट बिनियोजन गरे पनि व्यवस्थित ढंगले काम हुन नसक्दा सरकारी बजेट बालुवामा पानि खन्याए जस्तै भएको छ ।
२०७५ साल असारमामा लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री संकर पोखरेल,भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरी ,प्रदेश संसद लगायत जनप्रतिनिधिले निरीक्षण गरेका थिए।निरीक्षणका क्रममा मुख्य मन्त्री पोखरेलले झुम्सा चौकीभञ्ज्याङ चरङ्गे २० किलोमिटर सडकलाई स्तरोन्नति गरि डबल लेनको बनाएर संचालनमा ल्याउने बताएका थिए।तर निरीक्षण गरेको ३ बर्ष बितिसक्दा पनि न त नाली निर्माण हुन सकेको छ ,न त सडकको स्तरोन्नतिनै भएको छ।
भाइरल पुष्पा मगर संग्गको कुराकानी हेर्नुहोस।
बैकल्पिक सडक निर्माणको ट्र्याक खोल्नका लागि तिनाउ गाउँपालिकाले ६० लाख,तानसेन नगरपालिकाले २० लाख ,रिब्दिकोट गाउँपालिकाले १० लाख ,बगनासकाली गाउँपालिकाले ५ लाख र देवदह नगरपालिका बाट १० लाख गरि १ करोड १० लाख रुपैयाँ खर्च भएको थियो ।त्यस्तै सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले २०७५/०७६ र ०७६/०७७ गरि दुई आर्थिक वर्षमा २० करोड बजेट उपलब्ध गराएको थियो।
सडक निर्माण कार्य सम्पन्न गरि २ बर्ष भित्र सवारी निर्वाध रुपमा संचालनमा ल्याइने भने भनिए पनि सडकको हालको अवस्था भने पैदल हिड्न समेत नमिल्ने खालको रहेको छ।पाल्पाको तिनाउ गाउँपालिका झुम्सा देखि चौकिभन्ज्याङ ७ किलोमीटर र चरङ्गे देखि चौकी भञ्ज्याङ् १३ किलोमीटर रहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij