देवदह। बिगत ७ महिना देखि आँखाको ज्योति गुमाई दृष्टि बिहिन हुन पुगेका देवदह ९ का बिष्णु प्रसाद न्यौपानेलाई आर्थिक सहयोग गरिएको छ।३ बर्ष ई-रिक्सा चलाएका न्यौपानेको पछिल्लो दुई बर्ष देखि आँखामा समस्या देखिएको थियो। आँखाको नसामा समस्या देखिए पछी रण अम्बिका आँखा अस्पतालमा ६ पटक सम्म रेटिनाको अप्रेसन गरिएको थियो।
७ महिना देखि पूर्ण रुपमा दृष्टि बिहिन हुन पुगेका न्यौपानेलाई काठमाडौं गएर उपचार गर्न डाक्टरले सुझाव दिएका छन्। बरिष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रोइतलाई भेट्ने इच्छा रहेको तर आर्थिक अभावका कारण घरमै बस्न बाध्य भएको न्यौपानेले बताए।
देवदहमा संचालित ई -रिक्सा चालक र अन्य सहयोगी दाता वाट संकलित ४ हजार १ सय रुपैंया न्यौपानेलाई हस्तान्तरण गरिएको युवा सामाजिक व्यक्तित्व तथा पत्रकार प्रेम थापाले बताउनु भयो। ई -रिक्सा व्यवसायी चालक हित कोषका अध्यक्ष ओम बहादुर ढेंगा र छिमेकी मदन ढकालको उपस्थितिमा न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij