मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबरले बाँधिदिने होस्टेल वार्डेन पक्राउ

ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबरले बाँधिदिने होस्टेल वार्डेन पक्राउ

images
  • 537
    SHARES

  • images
    images
    images
    ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबरले बाँधिदिने होस्टेल वार्डेन पक्राउ
    images
    images
    images

    पोखरा । राति ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने एक होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति बालकको लिंगमा रबर बाँधेर सजाय दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलकी २७ वर्षीया वार्डेन जानुका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामो समयसम्म यौनांग बाँधिएको रबरले असह्य भएपछि बालक चर्काे स्वरमा रोएका थिए । र, रबरले बाँधिएको यौनांग खुल्न आएको थियो । पछि यसबारे थाहा पाउँदा बालकको पेट फुलिसकेको थियो । र, बालकलाई उपचारका लागि अस्पताल पठाइएको तर, हालसम्म नतिजा आइसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बितिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । परिवार गरिब भएकै कारण बालकालाई पढाउन होस्टेलमा राखिएको प्रहरीले जनाएको छ ।

    बालकलाई यातना दिने नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

    हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ । र, हाल होस्टलमा ९ जनाले आश्रय लिइरहेको बताइएको छ ।

    घटना घटेपछि घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको थियो । तर, घटना गोप्य रहन सकेन । घटना बाहिरिएपछि वार्डेन नेपालीलाई पक्राउ गरिएको थियो ।

    हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टेल पोखरामा दर्ता नभएको पाइएको छ । यस विषयमा जिल्ला प्रशासनले छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष ६ २०७८०९:१३:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij