मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

चन्दा उठाएर समाजसेबी बन्न खोज्दा ऋणमा डुबे धुर्मुस सुन्तली

चन्दा उठाएर समाजसेबी बन्न खोज्दा ऋणमा डुबे धुर्मुस सुन्तली

images
  • 598
    SHARES

  • images
    images
    images
    चन्दा उठाएर समाजसेबी बन्न खोज्दा ऋणमा डुबे धुर्मुस सुन्तली
    images
    images
    images

    नेपाली हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रिल मात्रै नभई रियल लाइफमा पनि श्रीमान श्रीमति हुन् । तर, २०७२ सालको महाभुकम्पले उनीहरुको कलाकारितालाई धराहरालाई जस्तै गर्ल्याम्म ढालिदियो ।धराहरा त करिब करिब उठ्यो, तर धुर्मुस–सुन्तली भने झनझन भाँसिदै गएको उनीहरुकै अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

    यसरी ‘करियर’ ढल्नुमा बाहिरी प्रभाव केही होइन, उनीहरुको चरम महत्वकांक्षा नै कारक बन्यो । भुकम्पको समयमा अमेरिकामा रहेका उनीहरु त्यहाँ रहेका नेपालीले दिएको सहयोग लिएर काठमाडौँ आईपुगे । यहाँ ओर्लनासाथ उनीहरुमा एकाएक समाजसेवाको मात चढ्यो र ह्वात्तै हाम फाले ।

    images
    images
    images

    करोडको कामपछि सिँधै ३ अर्बमा हात– सहयोग उठाएर उनीहरुले केही एकिकृत बस्ती बसाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर उनीहरुले गिरानचौरमा बस्ती बनाएपछि सहयोगीहरु बढ्न थाले ।सहयोगीकै देनमा उनीहरुले पहरी बस्ती, महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती बनाए ।

    सन्तपुर बस्ती बनाउँदा ५ करोड ९५ लाख सहयोग उठेकोमा ५ करोड ५४ लाख खर्च भएको धुर्मुस–सुन्तली फाउण्डेशनको विवरणमा उल्लेख छ । मुसहर बस्ती बनाउन ७ करोड ६३ लाख सहयोग उठेकोमा ५ करोड ४ लाख खर्च भएको र गिरानचौर बस्तीका लागि ६ करोड १८ लाख रुपैयाँ संकलन भएको र त्यसमध्ये ५ करोड १३ लाख रुपैयाँ खर्च भएको विवरण फाउण्डेशनमा छ ।
    पहरी बस्ती बसाल्न ६७ लाख २० हजार सहयोग उठेको र यो रकम सबै खर्च भएको बताइन्छ । यसरी साना पैसा उठाएर समाजसेवाको रुपमा करोडका ४ वटा प्रोजेक्ट सकेका धुर्मुस–सुन्तली सिँधै अर्बको प्राजेक्टमा हात हाल्न पुगे ।क्रिकेट रंगाशालाको लागत ३ अर्ब अनुमान गरिएको थियो ।

    तर, यो सबै रकम बस्ती बसाउन आउने सहयोग रकम जसरी नै आउँछ भन्ने सोचे । एकातिर नमूना बस्ती बनाएपछि ‘महान समाजसेवी’ कहलिएको बेला र अर्कोतिर नेपालमा क्रिकेटको उच्च प्रशंसा भईरहेको समयमा उनीहरु चरम महत्वकांक्षी बनेर अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बनाउने लहडमा लागे ।

    ५४ करोड खर्च, १६ करोड ऋण– रंगाशालाको काम अहिलेसम्म ३५ प्रतिशत सकिएको छ । यसो हुनुमा आर्थिक संकट नै सबैभन्दा पहिलो कारक बनेको छ । बस्ती बसाउन रकम संकलन गरेकै मोडल अपनाउँदा उनीहरुले १ अर्ब पनि संकलन गर्न सकेनन् ।

    दाताको सहयोग र सरकार (विभिन्न तहका सरकार) बाट संकलन भएको ५४ करोड खर्च गरे । उनीहरुले यो बाहेक उदारो सामान किनेको ठाउँमा १६ करोड ऋण तिर्न बाँकी रहेको बताउँदै आएका छन् ।

    अब के गर्लान् ? बास्तवमा भन्ने हो भने, लहडमा लागेर चरम महत्वकांक्षी बन्दा धुर्मुस–सुन्तलीको अहिले ‘हरिबिजोग’ भएको छ । एकातिर प्रोजेक्ट अलपत्र हुने खतरा छ भने अर्कोतिर अब पुनः कलाकारितामा फर्किएर अहिलेको ‘ट्रेण्ड’मा स्थापित हुन अर्को सकस पर्नेछ ।

    दीपकराज गिरी र दिपाश्री निरौलाको टेलिश्रृङखला ‘तितो सत्य’ले दर्शक हँसाउन छोडेको समयमा हास्य टेलिश्रृङखला ‘मेरी बास्सै’ को उदय भएको थियो ।तितो सत्य भन्दा ३ वर्षपछि नेपाल टेलिभिजनबाट प्रसारणमा आएको ‘मेरी बास्सै’ ले केदार घिमिरे (माग्ने बुढा) र धुर्मुस–सुन्तलीलाई स्थापित गरायो ।

    तर, समाजसेवाको नाममा नमूना बस्ती बनाउँदा उठाएको रकम पारदर्शी रुपमा सार्वजनिक नगरेको जस्ता आरोप उनीहरुमाथि लाग्यो । यसबारे उनीहरुले खासै उत्तर नै दिएनन् । त्यतिबेला मनग्य आर्थिक आम्दानी गरेका यी दम्पतीले कलाकारिता चटक्कै छोडे ।

    एउटा फिल्म बनाएको भएपनि त्यसले ब्यापार गर्न सकेन । झन, रंगाशालाकै निर्माण सुरु गरेपछि उनीहरु अर्को तनावमा परे । रंगाशाला बनाउन सकिँदैन भन्दै सञ्चारमाध्यममा आएपनि उनीहरुले फाउण्डेशन सरकारलाई हस्तान्तरण गर्ने वा नगर्ने भन्ने केही बोलेका छैनन् ।

    रंगाशाला बनाउँदा लागेको १६ करोड तिर्न अब के गर्ने भन्ने प्लान पनि उनीहरुले बनाएको देखिँदैन ।कलाकारितामै फर्किएपनि उनीहरुले विगतको ‘हाइट मेन्टेन’ गर्न नसक्ने विश्लेषण पनि हुँदै आएको छ । यसबारे उनीहरुले कहिले मुख खोल्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष ६ २०७८०९:३९:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij