पुस । पाल्पाको तिनाउ गाउँपालिका-२ अभियानको डेढ वर्षपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएको छ । २०७७ असारदेखि पूर्ण सरसफाई अभियान सञ्चालन गरिएको वडालाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो।
तिनाउ २ अन्तरगत रहेका हरियाली गाउँ, माहापुर हापुर, तिनहले, नुवाकोट, गणेहटोल, सिस्नेरी माहाराबास, सुकेताल लगाएतका ४ सय ९७ परलाई पूर्ण सरसफाईयुक्त बनाउनका लागि आवश्यक मापदण्ड पूरा गराइएको छ। ०७७ असार २७ गते वडाका सबै घरपरिवारलाई डस्बिन वितरण गरेर सुरु भएको सरसफाई अभियानले सोमबार २०७८ मंसिर ४ गते पूर्णता पाएको छ।
वडा अन्तरगत रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, टोल बिकास संस्था तथा जनप्रतिनिधिहरूको बाक्लो उपस्थितीमा बाजागाजा सहित र्यालीको आयोजना गरी एक समारोहका बीच पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ।
लुम्बिनी प्रदेशका कानून तथा महिला बालबालिका मन्त्री रामा घर्तीले वडालाई औपचारिक रूपमा सरसफाई उन्मुख भएको घोषणा गरेकी हुन् । सो अवसरमा बोल्दै घर्तीले घोषणाभन्दा निरन्तरता चुनौतीपूर्ण रहेकाले यसका लागि वडाबासी सधै सचेन हुनेमा विश्वास व्यक्त गरिन् । यसैगरी प्रदेशसभा सदस्य तुलबहादुर घर्ती बसन्तले वडा बासी तथा अभियान सफल पार्न जुटेका संघ संस्थाहरूलाई बधाई ज्ञापन गरे ।
तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्ती मगरले यसैगरी तिनाउका सबै वडालाई पूर्ण सरसफाई उन्मुख गराई गाउँपालिकालाई नै सरसफाइका सम्पूर्ण मापदण्ड सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।गाउँको विकासका लागि सरसफाई र स्वास्थ्य महत्त्वपूर्ण विषय भएको उल्लेख गरे।
कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, वडा नम्बर १ का रोमबहादुर लम्तरी, नेपाल रेडक्रस सोसाइटीका सभापति बुद्धि प्रसाद शर्मा, कोषाध्यक्ष भिमसेन कार्की, रेडक्रस तिनाउका सभापति अमरसिंह प्रधान दोभान माविका प्रधानाध्यापक सुर्य प्रसाद पौडेल, दिनेश जिसी,अन्जना थापा,दिलु योन्जन लगायतले शुभकामना व्यक्त गरेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij