बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कालिका मानवज्ञान माध्यमिक विद्यालय सामुदायिक विद्यालयहरुमा देशको नमूना विद्यालय भएको उल्लेख गर्दै संसार विज्ञान र प्रविधिको युगमा अग्रगामी छलाङ मार्दै अगाडि बढिरहेकोले यो विज्ञान र प्रविधिको युगमा विश्वमा प्रतिषप्रर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरी देश र प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“यो फोजीको युगको हो, विश्व आज विज्ञान प्रविधिमा अगाडि बढेको छ, हामी पनि त्यसै प्रकारको जनशक्ति उत्पादन गरी हाम्रो देशलाई पनि समृद्ध बनाउनुपर्दछ । ”
यस्तो विचार मुख्यमन्त्री केसीले कालिका मावनज्ञान माध्यमिक विद्यालयको ६१ औँ वार्षिक कोत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै बुटवल मानवज्ञान माध्यमिक विद्यालयको प्राङ्गणमा बताउनु भएको हो । मुख्यमन्त्री केसीले मानवज्ञान माध्यमिक विद्याललय सामुदायिक विद्यालयहरुमा देशकै नमूना बनाउनको लागि अभियानको नेतृत्व गर्ने निवर्तमान प्र.अ. घनश्याम पाठक लगायत जोड र सहयोग गर्ने सबैमा धन्यवाद दिंदै विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नुपर्ने बताएका बताउनुभएको छ । उहाँले नेपालबाट अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको बताउँदै कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने विश्वमा दक्ष जनशक्तिहरु उत्पादन गरी खपत हुने बताउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले भन्नुभयोः–“ नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक होइन, हामीसँग कालिका जस्ता विद्यालयहरुबाट डाक्टर, पाइलट, इन्जिनियर यहि उत्पादन गरेर आफ्नै गाउँ घरका आमा–बुबा, दाजुभाई, दिदी बहिनीहरुको सेवामा समर्पित हुने शिक्षार्र्थीहरु यहिबाट पैदा गर्न सकऔँ । यो कार्यमा हामी सबै लागौँ । ”
मुख्यमन्त्री केसीले कालिका मानवज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले नै अभिभावक ग्रहण गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताउनुभयो । ‘कालिका मानवज्ञान प्रदेश र राष्ट्रकै प्रतिस्पर्धामा आएर आज कालिकालाई पूर्व मेची र पश्चिम महाकालिसम्मबाट केही नमूनाको रुपमा आत्मसाथिकरण भएको छ । यस विद्यालयको शिक्षा र भौतिक संरचनामा गुणात्मक परिर्वतनका लागि राज्यले जति लगानी गर्नुपर्छ त्यो गर्छ ।”
उहाँले कालिका मावनज्ञान माध्यमिक विद्यालयले एउटा नमूना शैक्षिक गुरुको रुपमा स्थापित गर्नका लागि अनुरोध गर्दै शिक्षक, अभिवाकहरुकोहरुले चाहेमा विद्यालयको पुरै पहिचान र सपना फेर्न सकिने बताउनुभयो । अगामी दिनमा यसको पहिचानलाई विस्तार गर्नु पर्ने बताउनुभयो ।
विद्यालयको ६१ औं वार्षिकोत्सब अवसरमा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष होमबहादुर गलामीले दोसल्ला ओडाएर पाठकलाई ‘महाउज्जवल कालिका दिप पदक–२०७८’ द्वारा बिभूषित गर्नुभएको हो ।
२०५५ साल पुस १ गते साविकको कालिका माध्यमिक विद्यालयको अध्यापन पेशामा प्रवेश गरेका पाठक २०६५ साल साउन ५ गते विद्यालयको प्रध्यानध्यापकमा नियुक्त भएका थिए ।
वार्षिकोत्सवमा विभिन्न सरोकारवाला निकाय, पत्रकारहरु, सहयोगादता, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । सरकारी अर्थात सामुदायिक विद्यालयहरुमा शैक्षिक क्रियाकलाप र दक्ष जनशक्ति उत्पादनमा निकै योगदान दिर्दै आएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij