मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

चीनमा फेला पर्यो साढे ६ करोड पुरानो डायनोसरको भ्रुण

चीनमा फेला पर्यो साढे ६ करोड पुरानो डायनोसरको भ्रुण

images
  • 508
    SHARES

  • images
    images
    images
    चीनमा फेला पर्यो साढे ६ करोड पुरानो डायनोसरको भ्रुण
    images
    images
    images

    बेइजिङ ।  वैज्ञानिकहरुले पूर्ण रुपमा संरक्षण गरिएको अन्डाबाट कोरल्न तयार पारिएको डायनोसरको भ्रुण फेला पारेको घोषणा गरेका छन् । सो भ्रुण कुखुराको भर्खरै कोरल्न लागिएको चल्ला जस्तो देखिएको बताइएको छ । 

    दक्षिणी चीनको घानझोउमा सो भ्रुण फेला परेको हो । भ्रुण ६ करोड ६० लाख वर्षअघिको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।सो भ्रुण दाँतविहीन थेरोपोड डायनोसरको भएको विश्वास गरिएको छ र त्यसलाई बेबी यिङलियाङ नाम दिइएको छ । 

    images
    images
    images

    अनुसन्धानकर्ता डा. फिओन वाइसुम माले भने, ‘इतिहासमा नै अहिलेसम्मकै डायनोसरको राम्रो भ्रुण पत्ता लागेको छ । ’

    पछिल्लो आविश्कारले अनुसन्धानकर्ताहरुलाई डायनोसर र आधुनिक चराहरुबीचको सम्बन्धको बृहत ज्ञान प्रदान गरेको छ । सो भ्रुण घुमाउरो अवस्थामा देखिएको जिवाश्मले देखाएको छ । चराहरुले अन्डा कोरल्नुअघि यस्तै घुमाउरो आकारा देखिन्छ । 

    ‘आधुनिक चराहरुमा पनि यस्तै स्वभाव देखिन्छ । उनीहरु डायनोसरको पुस्ताबाट उत्पत्ति भएको पुष्टि हुन्छ,’ डा. माले भने । 

    ‘फेला परेको भ्रुण डायनोसरको निकै अनौठो जीवाश्म हो,’ अनुसन्धान समूहका सदस्यसमेत रहेका जीवाश्म विशेषज्ञ प्राध्यापक स्टेभ ब्रुसेटले ट्विट गरेका छन् । 

    बेबी यिङलियाङ नाम दिइएको सो जीवाश्मको टाउकोदेखि पुच्छरसम्मको लम्बाई १० दशमलब ६ इन्च छ । जिवाश्म हाल चीनको यिङलियाङ स्टोन नेचर हिस्टोरी म्युजियमा ६ दशमबल ७ इन्च लामो अन्डाभित्र छ । 

    सो अन्डालाई सबैभन्दा पहिले सन् २००० मा फेला पारिएको थियो । अन्डालाई १० वर्षसम्म भन्डारण गरेर राखिएको थियो । 

     

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, पौष ८ २०७८०७:३८:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij