देवदह,गुराँस मिडिया ।देवदहमा पौष १० गते देखी 'एस मेन ओपन पेनाल्टी टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ।
लियो क्लब अफ देवदहको आयोजनामा भवानीपुर खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो।
आर्थिक रूपले विपन्न महिलाहरुका लागि प्रसुतिका बेला निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि आर्थिक संकलन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष आयुष पङ्गेनीले बताएका छ्न।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १२ हजार शिल्ड,मेडल र प्रमाणपत्र,द्वितीय हुने टिमले नगद ८ हजार शिल्ड,मेडल र प्रमाणपत्र तथा उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडीले १-१ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुनको लागि १ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।प्रतियोगिता पौष १० गते शनिबार बिहान ९ बजे देखि सुरु हुनेछ।