मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्रमा हुँदैछ मतदाता नामावाली संकलन

लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्रमा हुँदैछ मतदाता नामावाली संकलन

images
  • 512
    SHARES

  • images
    images
    images
    लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्रमा हुँदैछ मतदाता नामावाली संकलन
    images
    images
    images

    काठमाडौं । नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ ।

    अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ ।

    images
    images
    images

    सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्ख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको हो ।

    २०७७ साल जेठ ७ गते नेपालको अद्यावधिक चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । सोहीअनुसार चुच्चे नक्सामा नेपालको भूभागका रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र प्रस्ट रूपमा समेटिएको छ ।

    पहिलेदेखि नै नेपालको भूभाग रहिआए पनि छिमेकी मुलुक भारतसँगको विवादका कारण ती भूभागमा औपचारिक गतिविधि कम रहेको थियो तर यो वर्ष भएको जनगणनाले नेपाल सरकारको औपचारिक उपस्थितिलाई बलियो बनाएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, “त्यहाँका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिन्छ अनि आगामी निर्वाचनमा उहाँहरूले सहभागिता जनाउन पाउनुहुन्छ ।” उनका अनुसार केन्द्रीय तथ्याङ्क विभागले विभिन्न माध्यमबाट त्यहाँका नेपालीको लगत जनगणनामार्फत लिएर आइसकेको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, पौष १४ २०७८१०:४३:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij