मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नयाँ बसपार्कमा सामूहिक बलात्कार घटनाका ९ आरोपी पक्राऊ

नयाँ बसपार्कमा सामूहिक बलात्कार घटनाका ९ आरोपी पक्राऊ

images
  • 739
    SHARES

  • images
    images
    images
    नयाँ बसपार्कमा सामूहिक बलात्कार घटनाका ९ आरोपी पक्राऊ
    images
    images
    images

     

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न भई फरार रहेका ९ जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    सामूहिक बलात्कार घटनामा संलग्न ९ जनामध्ये फरार रहेका मुगुका चन्द्र साउदलाई बुधबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसअघि ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने साउद फरार रहेका थिए ।

    सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौंका विभिन्न गेस्ट हाउस लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    १२ गते बिहान सुर्खेतबाट काठमाडौं बसपार्कमा आइपुगेकी ती महिलालाई मुगुका युवराज बडुवालले फकाइपुलाई गरेर गेष्ट हाउसमा लगेका थिए । र, त्यसै दिनदेखि उनी सामूहिक बलात्कारमा परेकी थिइन् ।

    यसअघि पक्राउ पर्नेहरुमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीष रहेका छन् । तर, पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।

    प्रहरीले उद्धार गरेको महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनलाई शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा भइरहेको जनाइएको छ ।

    महानगरीय प्रहरी प्रभाग बसपार्कमा ती महिला अर्धचेत अवस्थामा पुगी आफू बलात्कारमा परेको खबर सुनाएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, पौष १४ २०७८०९:०७:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij