मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माछापुच्छ्रे कपको भेट्रान्स च्याम्पियन बने कमल थापा

माछापुच्छ्रे कपको भेट्रान्स च्याम्पियन बने कमल थापा

images
  • 298
    SHARES

  • images
    images
    images
    माछापुच्छ्रे कपको भेट्रान्स च्याम्पियन बने कमल थापा
    images
    images
    images

    पोखरा । राप्रपाका पूर्वअध्यक्ष तथा टेनिस खेलाडी कमल थापा पोखरामा जारी माछापुच्छ्रे कपको भेट्रान्स च्याम्पियन बनेका छन् । ५५ वर्षमाथिको डबल्स स्पर्धामा भेट्रान्स च्याम्पियन थापा र झ्याम्पा ढुण्डुपको जोडीले उपाधि जितेको हो ।

    पहिलो सेट २–६ ले गुमाएको उक्त जोडीले दोस्रो र तेस्रो सेटमा निकै प्रतिस्पर्धाबाट आफ्नो पक्षमा पार्‍यो । कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि दोस्रोमा ६–२ र तेस्रोमा ११–९ अंकसहित जितेका हुन् ।

    images
    images
    images

    नेपालकै शीर्ष बरीयताकी सलोनी तामाङले एकै पटक दुईवटा उपाधिमा कब्जा जमाइन् । उनले सिंगल र डवल तर्फको प्रतिस्पर्धामा उपाधि जितेकी हुन् । महिला तर्फको सिंगलमा तामाङले प्रतिस्पर्धी गंगा शर्मालाई ६–२ र ६–० को सोझो सेटमा हराइन् ।

    महिलाकै डवल्स तर्फ सलोनी र महिका राणाको जोडीले सुभांगी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पुरुष डबल्सको उपाधि अक्की जुवेन रावत र आरब सम्राट्को जोडीले उचालेको छ । उनीहरूले फाइनल प्रतिस्पर्धामा प्ररण खनाल र जितेन्द्र परियारको जोडीलाई सोझो सेटमा हराएका हुन् ।

    ३५ वर्षमाथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम भए भने ५५ वर्ष माथिको एकलतर्फ विमल गुरुङले जिते । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्ट विजयी भए । अन्य प्रतिस्पर्धा शुक्रबार हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, पौष १५ २०७८०८:०८:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij