पाल्पा। पाल्पामा चट्याङले क्षति गर्दा विद्युत् र सञ्चार सुविधाबाट यहाँका स्थानीय बासिन्दा बञ्चित भएका हुन्। चट्याङले आयोजनाको घरमा क्षति भएपछि सञ्चार सेवाबाट समेत बञ्चित हुनुपरेको हो।
माथागढी गाउँपालिका–७ रहवासमा सञ्चालित अरुणखोला लघु जलविद्युत् आयोजना विद्युत् वितरण भवनमा चट्याङले क्षति हुँदा यहाँका वासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन्। बुधबार वर्षासँगै चट्याङले आयोजनाको घरका मेसिन जलेर क्षति भएपछि विद्युत् उत्पादनमा समस्या पैदा भएको र बिजुली बत्ती र मोबाइलमा कुराकानी गर्न नेटवर्क नभएको भीम लुङ्गेलीले बताए।
अरुणखोला लघु जलविद्युत् आयोजनाबाट यस क्षेत्रका ३०० परिवार लाभान्वित भएका थिए। वर्षासँगै आएको चट्याङले विद्युत् वितरण घरमा क्षति पु¥याउँदा विद्युत् उत्पादनमा समस्या भएको लघु जलविद्युत् आयोजनाका व्यवस्थापक देवेन्द्र रानाले बताए। सामान जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएकाले केही समय समस्या हुने व्यवस्थापक रानाले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij