गुराँस मिडिया। नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति कति होला, भन्ने उत्सुकता मेटिएको छ। माओवादी केन्द्रको सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ।
आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा स्थिर सम्पति ६६ करोड रहेको उल्लेख छ।
त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ। यो वर्ष ६९ लाख आम्दानी भएको छ। गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ।
माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij