पुस १९, देवदह।देवदह नगरपालिकामा ४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।नेपाल सरकारले राजपत्रमा सूचना जारि गरि मतदाता नामावली संकलन गर्न सूचना जारी गरेको थियो। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तहमा संचालन गरेको मतदाता अभियान अन्तर्गत देवदह नगरपालिकामा ४ हजार २८ मतदाता थपिएका हुन् ।
कार्यक्रम : कृषिका कुरा
१५ दिन सम्म चलेको मतदाता नामावली संकलन अभियानमा ४ हजार २८ नयाँ मतदाता थपिएका छन्,जिल्ला निर्वाचन कार्यालयमा संकलन गर्ने कार्य ३ सय ६५ दिननै चल्ने भएकोले मतदाता बढ्ने देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो।मतदाता नामावली संकलन गर्ने कार्य नगरपालिकाले आफै गर्न सक्ने जस्तो देखिए पनि हाल सम्मको कानुनी ब्यवस्था अनुसार निर्वाचन आयोगको आफ्नै रहेको र नगरपालिकाले आवस्यक सहजीकरण र थप जनशक्ति जुटाउन सकृय पहलकदमि मात्र गरेको नगर प्रमुख खत्रीले बताउनु भयो। सिमित प्रबिधी र प्राबिधिक जनशक्तिका बाबजुद अत्याधिक सेवा प्रदान गर्नु पर्दा केही जटिलता सिर्जना भए पनि जटिलताको समाधान गर्न , धेरै भन्दा धेरै लक्षित समुहलाइ सहभागी गराइ नामावली संकलन अभियानलाइ सफल बनाउन सकृयताका साथ अहोरात्र खट्नुहुने सम्पूर्णलाई नगरप्रमुख खत्रीले धन्यवाद ज्ञापन समेत गर्नु भएको छ।

देवदह नगरपालिकामा पौष ४ गते देखि १५ गते सम्म १२ वटा वडामा नामावली संकलन गरि बाँकी ३ दिन १६,१७ र १८ गते छुट भएकाहरुको नामावली संकलन गरिएको थियो।
पुष्पा मगर संगको कुराकानी हेर्नुहोस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij