देवदह। रुपन्देहीको देवदह नगरपालिका १ र २ (साविक केरवानी १,२,३,४ गाविस)मा करिब ३ हजार घर परिवार लाल पुर्जा बिहिन छन्। राष्ट्रिय आवास कम्पनि लिमिटेडको ३ हजार परिवार संग सम्बन्धित जग्गा भोग चलनको आधारमा जग्गा धनी पुर्जा सम्बन्धित परिवारलाई दिने पक्रिया २०७१ सालमा सुरु भए पनि त्यसले सार्थकता पाउन सकेको छैन।
कार्यक्रम : कृषिका कुरा
उक्त ३ हजार परिवारलाई पुनर्वास र जग्गा धनी पुर्जा सहज ढंगले वितरण गर्न र समस्याको सुनुवाईका लागि आज देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री ,उपप्रमुख बिद्या लक्ष्मी गुरुङ लगायतका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि सहितको टोलीले शहरी विकास मन्त्रि राम कुमारी झाक्री समक्ष ध्यानाकर्षण गराएको छ।
जग्गा धनि पुर्जा वितरणका लागि २०७१ मा प्रक्रियाको थालनी भए अघि बढ्न सकेको छैन,राष्ट्रिय आवास कम्पनिको नाममा रहेको जग्गा भोग चलनको आधारमा स्थानीयको नाममा दिलाउन नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो। मालपोत कार्यालयले लिने राजश्व दर छुट गराउन पहल भए पनि सफल नभएको उल्लेख गर्दै नगर प्रमुख खत्रीले सहज ढंगले ३ हजार परिवारको पुनर्वास प्रक्रिया अघि बढाउन मन्त्रि समक्ष ध्यानाकर्षण गरेको बताउनु भयो।
सो अवसरमा मन्त्रि राम कुमारी झाक्रीले पुनर्वास सम्बन्धि बिषयमा आफु सकारात्मक रहेको बताउंदै प्रक्रिया अघि बढाउने र राजस्व छुट हुने सन्दर्भक जटिल बिषय भए पनि पहल कदमी लिने,जग्गा धनि पुर्जा वितरण सहज ढंगले अघि बढाउने प्रक्रियाको बिषयमा यथासिघ्र पहल गर्ने बताउनुभएको थियो।
उक्त कार्यक्रममा वडा नमब्र २ का वडा अध्यक्ष धर्मागत पाण्डे,नेकपा यसका केन्द्रिय सदस्य सिद्दि चरण भट्टराई,प्रजापति सापकोटा,टंक पोखरेल,दिपक लम्साल,गणेश खाती,केदारनाथ काफ्ले लगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij