मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अमेरिकामा एकैदिन १० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

अमेरिकामा एकैदिन १० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

images
  • 478
    SHARES

  • images
    images
    images
    अमेरिकामा एकैदिन १० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
    images
    images
    images

    एजेन्सी । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् ।

    images
    images
    images

    हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ । तर विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको थिएन । अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

    संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएपछि उनको आलोचना भइरहेको छ ।

    कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी नै रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका छन्– अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको छ र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी छ । त्यो केही हप्तामा आउने छ ।

    कोरोनाको नयाँ संक्रमण तीव्र रुपमा बढे पनि अस्पताल भर्ना हुने र मृत्यु हुने दर भने अघिल्लो लहरको तुलनामा कम रहेको उनले बताएका छन् । अस्पतालमा जो भर्ना भएका छन् र जसको मृत्यु भएको छ ती कोरोनाविरुद्धको खोप नलगाएकाहरु धेरै छन् । हाल देशमा कोरोनाविरुद्धको खोप पर्याप्त रहेको भन्दै उनले सबैलाई खोप लगाउन आह्वान गरेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, पौष २१ २०७८०८:३७:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij