देवदह। रुपन्देहीको देवदहमा सामुदायिक अन्तरक्रिया तथा अध्ययन अनुसन्धान कार्यक्रम भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको समन्वय, लिडर्स एकेडेमी काठमाण्डौको आयोजना एवं बुद्धमावली सामुदायिक बन उपभोक्ता समुहको सह आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
समुहका अध्यक्ष गोविन्द बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले विश्वविद्यालयको केन्द्रिय कार्यलय देवदहमा राख्न आग्रह गर्नु भयो । उहाँले नगरपालिकाले लुम्बिनीमा आएका पर्यटकलाई देवदहमा ल्याउन हर संभव प्रयास भैरहेको जानकारी दिनु भयो ।
कार्यक्रमको बारेमा विस्तृतरुपमा सम्बोधन गर्दै विश्वविद्यालयका डिन उकेशराज भुजुले विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाईड साइन्स तर्फ स्नातकोत्तर तहमा तीन विषयमा अध्यापन शुरु गरेको जानकारी दिनु भयो । बुद्ध मावली सामुदायिक बन उपभोक्ता समुहका संस्थापक अध्यक्ष पण्डीत एक नारायण पौडेलको स्वागत मन्तब्यले शुरु्रवात भएको कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधी मुलक उपस्थिती तथा स्थानिय जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग,बन समुहका सल्लाहाकार खेम प्रसाद पाण्डे, सप्तरीबाट विद्यार्थी नेता साधना यादव, नुवाकोटबाट राजनितीक ब्याक्तित्व नानुमैया आचार्य, आनिक राना रुपन्देही, कञ्चनपुरबाट प्रेमवती राना,नवलपुर सिता बस्याल, रुकुम पूर्वबाट नेविसंघ सभापति सुमन बुढा मगर लगायतले अन्तरक्रियामा सहभागिता हुनु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij