मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवलमा मध्यरातमा मतदाता नामावली संकलन, एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी

बुटवलमा मध्यरातमा मतदाता नामावली संकलन, एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी

images
  • 765
    SHARES

  • images
    images
    images
    बुटवलमा मध्यरातमा मतदाता नामावली संकलन, एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी
    images
    images
    images

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो  निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको छ । 

    बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रबार राति साढे १० बजेतिर फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति ११ बजेतिर ताला लगाएका हुन् ।

    images
    images
    images

    एमाले निकट एक कर्मचारीले दिएको सूचनाका आधारमा एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थीको नेतृत्वमा  गएको टोलीले ताला लगाएको हो । त्यसक्रममा केही बेर तनाव उत्पन्न भएको थियो । 

    बाहिरी गेटमा ताला लगाइएका कारण रातिमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि पुगेकाहरु भित्रै थुनिएका थिए । सुरक्षाकर्मीको उपस्थितिमा नामावली संकलन भएको र उक्त काममा गृहमन्त्रीको निर्देशन अनुसार भएको कार्यालयका एक कर्मचारीले बताए ।

    'केही दिनअघि गृहमन्त्रीले फोन गरेर राति भए पनि नामावली संकलन गर्न र कांग्रेस समर्थक मतदाता र कार्याकर्तालाई नामावलीमा नछुटाउन निर्देशन दिनुभएको थियो, सोही अनुसार हामीले नामावली संकलन गरेका हौं,' ती कर्मचारीले भने ।

    No photo description available.

    मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल-१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य  कार्यकर्तासमेत इलाका प्रशासनमा पुगेका थिए । एमालेले कागजात नपुगे पनि मतदाता नामावली भर्ने काम भएको आरोप लगाएको छ । 

    करिब एक घण्टा तनावपूर्ण स्थिति देखिएपछि मध्यरातसम्म नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटपलगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठा बन्द गरिएको छ । 

    हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने इलाका प्रशासन कार्यालयको मतदाता संकलन केन्द्र शुक्रबार भने सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो । एमाले युवा नेता यमराज पाण्डेले प्रहरी निगरानीमै नियमविपरीत मध्यरातमा नामावली भराउने काम भएको र यो सत्ताको चरम दुरुपयोग भएको बताए । तालाबन्दीपछि मतदाता नामावलीमा नाम दर्ताका लागि आएका करिब १५० भन्दा बढीलाई घर फर्काइएको थियो ।

    नियन्त्रणमा लिइएका कागजात लगायतका सामग्री कार्यालयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरुको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्ने सहमति भएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष २४ २०७८०८:२५:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij