बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल मगर संघ देवदह ले माघी पर्व भब्य रुपमा मनाउने

नेपाल मगर संघ देवदह ले माघी पर्व भब्य रुपमा मनाउने

images
  • 694
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदह ले माघी पर्व भब्य रुपमा मनाउने
    images
    images
    images

    गायक खेम थापा संगको कुराकानी हेर्नुहोस 

     

    images
    images
    images

     

    देवदह। नेपाल मगर संघ देवदह नगर समितिले मगर जातिहरुको महान पर्व माघे सक्रान्ति भब्य रुपले मनाउने भएको छ। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै  माघे सक्रान्ति अवसर पारेर विविध कार्यक्रम गर्न लागेको जानकारी दिएको हो। 

    माघे सक्रान्तिको दिन देवदह ५ को पानावारी खेल मैदान परिसरमा मगर परिकारहरुको स्टल सहित मगर संस्कृति संग सम्बन्धित बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापाले जानकारी दिनु भयो। मगर संस्कृतिको जगेर्ना गर्ने र भाषा संस्कार र संस्कृतिको रक्षा गर्ने उदेश्यले माघी महोत्सव संचालन गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो। 

    विगत ४ वर्ष देखि देवदहमा माघी महोत्सव आयोजना गर्दै आएको संघले यस अघिको दुई वर्ष कोरोना संक्रमणको कारण संचालन गर्न नसकेको र यस पटक पुन:माघी महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर संघ देवदह नगर समितिका कोषाध्यक्ष तथा मुल आयोजक समितीका संयोजक मिलन मास्की रानाले बताउनुभयो। 

    महोत्सवमा मगर संस्कृति झल्कने बिभिन्न परिकारका ६ ओटा स्टल रहने स्टल ब्यावस्थापन समितिका संयोजक तारा बहादुर रानाले जानाकारी दिनुभयो। स्टलमा खिचडी,सेल रोटि,बटुक रोटि,पोर्क मिटको परिकारहरु रहने थापाले जानकारी दिनुभयो।  

    माघी महोत्सवमा यो पटक देखि लिगलिगे दौड प्रतियोगिता समेत आयोजना गर्न लागिएको देवदह मगर युवा संघका अध्यक्ष तथा माघी  महोत्सव खेलकुद समितिका संयोजक भुवन खासु मगरले जानकारी दिनुभयो। लिगलिगे दौडमा विजेता हुने प्रतियोगीलाई बर्ष भरि लिगलिगे विजेताका रुपमा सम्मान गरिने संयोजक खासु मगरले जानकारी बताउनुभयो। दौडमा देवदहका १२ वटै वडाका मगर समुदायका युवा युवतीहरुले भाग लिन सक्नेछन। त्यसै गरि बालबालिकाहरुको मनोरंजनका लागि बेलुन फोड प्रतियोगिता तथा ३ खुट्टे दौड,छेलो फाल्ने खेल मेलाको मुख्य आकर्षकको रुपमा रहने खेल संयोजक खासुले बताउनुभयो। 

    महोत्सवमा महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथमा मगर जातिको संस्कार झल्किने सोरठी, सालैजो, घाटु, ठाडो भाका जस्ता मौलिक गीत र नृत्यको अवलोकन गर्न सकिने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताउनुभयो  ।त्यसै गरि स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने सांस्कृतिक उपसमिति संयोजक थापाले जानकारी दिनुभयो। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष २४ २०७८०७:३६:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij