मगर संसारद्वारा ९४ औं सहयोग सम्पन्न
गुराँस मिडिया। सामाजिक संजाल फेसबुकमा क्रियाशील ग्रुप मगर संसार फोटो ग्यालरीले रोल्पाको ब्रेन ट्युमरका बिरामी लाई आर्थिक सहयोग गरेको छ।
मगर संसार फोटो ग्यालरी ग्रुपको पहलमा रोल्पा जिल्ला माडी -६ घर्तीगाउ ब्याङ्कखोला की १६ बर्षीय ब्रेन ट्यूमर बिरामी शाइषा घर्ती मगरलाई रु.१२,६०० रुपैया हस्तांतरण गरेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो।
मगर संसार फोटो ग्यालरीले विभिन्न जिल्लाका बिरामीहरुलाई लामो समय देखि सहयोग गर्दै आएको छ। ग्रुपको तर्फ बाट यो ९४ औ सहयोग हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij