मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नयाँ नेपाल निर्माणमा रोल्पाको अहम भूमिका रहेको छ:पूर्व सभामुख महरा

नयाँ नेपाल निर्माणमा रोल्पाको अहम भूमिका रहेको छ:पूर्व सभामुख महरा

images
  • 445
    SHARES

  • images
    images
    images
    नयाँ नेपाल निर्माणमा रोल्पाको अहम भूमिका रहेको छ:पूर्व सभामुख महरा
    images
    images
    images

    रोल्पा। पूर्व सभामुख एवं नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले साहित्य भनेको समाजलाई सचेत एवं परिवर्तनको चेतना प्रदान गर्ने एउटा बलियो माध्यम भएको बताउँदै त्यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभो । पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पाले जनयुद्धको बेला गरेको बलिदानले नै आज नयाँ नेपाल निर्माण भएको दावी गर्दै भन्नुभयोः– “रोल्पा जिल्ला ध्वंस गर्ने मात्रै भएन अब निर्माण गर्न चहाएको छाँै, जनयुद्धमा सबैभन्दा बढी बलिदान रोल्पबाट बलिदान भएको छ त्यसैले यो शहीदहरुको बलिदानबाट आर्जेको जिल्ला अब निर्माण तिर लागेका छौँ । भन्ने पनि सन्देश साहित्यबाट दिनका लागि अपिल गर्नुभयो ।

    यस्तो विचार समाजको लागि शब्द भन्ने नाराका साथ सुनिलस्मति साहित्य महोत्सव सुलिचौरको उद्घाटन गर्दै बताउनुभयो  । उहाँले जनयुद्धको जगमा रोल्पामा विकास निर्माणको लहर आएको बताउँदै त्यसका लागि सबैले जनयुद्धलाई आत्मसाथीकरण गर्नका लागि अपिल गर्नभयो । पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो कार्यकालमा हात हातमा मोवाईल, घर घरमा इन्टरनेटको नाराले आज सार्थकता पाएर देश नै सञ्चारमय भएको बताउनुभयो । यस्तै देशमा सडक, विजुली भौतिक पूर्वाधार र जनताको चेतनाको विकास भएको बताउनुभयो ।

    images
    images
    images

    sunil sahiya mahosba  1.jpg

    उहाँले रोल्पा जिल्लालाई विगतको राज्यसत्ताबाट उपेक्षित बनाउनुभयो रोल्पा उत्पीडितमा परेको जिल्ला भएको बताउँदै रोल्पा लुकको जिल्ला भएको बताउँदै त्यसका लागि अब साहित्य क्षेत्राबाट अगाडि बढाउनको लागि अनुरोध गर्नभयो ।

    उहाँले महान शहीद कृष्ण सेन इच्छुकले रोल्पाको बारेमा यहाँको आत्मीयतालाई अगाडि बढाउनको लागि लेखमा मार्फत अविब्यक्त गरेको बताउनुभयो । रोल्पाको अभाव र गरीवीको बारेमा भए पनि लेखेर अविब्यक्त गरेको बताउँदै महराले आगामी दिनमा अmभै हजारौँ इच्छुकको जन्म हुनु पर्ने बताउनुभयो ।   

    कार्यक्रममा प्रमुख अतिथि कृष्णबहादुर महराले २३ वर्ष अगाडिको एउटा कविता सुनाउँदै भन्नुभयोः–“२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अविव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियाँै, त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए त्यो पनि विद्रोहको एउटा माध्यम थियो यदी उहाँको विरुद्धमा बोलेर त आज राजनीतिकमा आएर देश परिवर्तनका लागि योगदान दिन पाएका छाँै ।” त्यसमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्ट लगायतको टिममा सहभागीतामा प्रकाशन गरेको महराले बताउनुभो ।

    उहाँले साहित्य समाजको ऐना भएर रोल्पा जिल्लाको बलिदान, त्याग, तपस्या बलिदानको बारेमा साहित्यबाट बाहिर लेख्न, बोल्न र प्रचार प्रवाह गर्नका लागि अनुरोध गर्नुभयो । मनतव्यको अन्तमा २०३८ सालमा लेखेको कविता प्रस्तुत गर्नुभएको थियो ।

    जनतालाई

        केविएम

    उठ ए ! जनता हो !!

    अझै लाटा भएर नबस, तिमीलाई यहाँ

    अकालै मृत्यको खुम तिर धकेलिएको छ

    तिमीलाई यहाँ आजै

    तिम्रो मासुको भतेर लगाउन षडयन्त्र रचिदै छ

    तिमी भनेको अझै चुव लागेर बसिरहेका छाँै

    कोही निदाइरहेको छौँ

    बुझ ए !

    कर्म त तिमी आफै बनाउन सक्छाँै

    तिमीले आफ्नो यात्रुलाई

    राम्ररी चिनेर नाप्नै पर्द

     

    उनीहरु रगत पिउनै पर्दछ

    तिमीहरु थोरै छैनौ

    यहाँ

    उठ मात्रै

    तिमी जस्ता असंख्य सर्वहाराहरुले

    तिम्रा काँध मिलाएर

    साथ दिने छन्

    तिमीलाई !!

    सुनिलस्मृति साहित्य महोत्सव सुलिचौको उद्घाटन सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, सुनछहरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनमगर, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष बागमति क्षेत्रीनी थापा, बरिष्ठ कवि श्यामल अधिकारी, श्रवन मकारुङ, नेकपा (माओवादी केन्द्र) का सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघका सँस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढा, पूर्व अध्यक्ष महेश न्यौपाने, कवि विष्णु सन्यास लगायत विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा कमरेडको खवर, सिनेमामा छुटेका भुगोल, गाउँ जाने बाटो, समयका कविताहरु, संसदमा सर्कस, धार्मिक सत्ताको पञ्जा, विर्सिएको युद्ध पर्यटन, सुनिलको सपना लगायतको शिर्षकमा बहस हुने भएको छ ।

    शनिबार भएको कविताको बहसमा कवि श्यामलाल अधिकारी र श्रवण मुकारुङले चलाएको बहसमा कविले जहिले पनि समाज र जनताको जीवन शैलीलाई माथी उठाउनको लागि भूमिका साहित्यकारले निर्वाह गर्नुभयो ।

    यस्तै शनिबार नै भएको कार्यक्रममा सुनिलको सपनाका बारेमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष एंव शहीद सुनिलका जीवन संगीनी बागमति थापा क्षेत्रीनीले शहीद सुनिलले देश र जनताको पूर्ण मुक्तिका लागि भएको भए पनि अभैm पूर्ण रुपमा मुक्त हुन नसको बताउनुभयो । किमबहादुर थापा सुनिलले २०४६ साल असोज २८ गते प्रहरी घर घेरा हालेर १९ दिन प्रहरीले हिरासत राखेपपछि जनयुद्धमा भूमिगत हुनभएको थियो । जनयुद्धमा लाग्दै २०६२ साल मंसिर १४ गते जिनाबाङको मनिमारेमा पाँचौ डिभिजन घोषणा कार्यक्रममा शहीद हुनुभएको थियो । जनयुद्धका उच्च स्तरबाट बलिदान गर्ने कमाण्डर हुनु हुन्थ्यो ।

    समाजका लागि शब्द सुनिलस्मृति गाउँपालिका महोत्सव कार्यक्रमको संयोजक जनक थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिलीप कुवरले गर्नुभएको थियो । कार्यक्रममा स्वागत एवं कार्यक्रमका बारेमा आयोजक समितिका सदस्य रत्न महराले स्वागतसंगै नयाँ युवाहरुले गरेको कार्यक्रमलाई सबैले सहयोग गर्ने बताउनुभयो ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष २४ २०७८०९:१७:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij