मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोभिडको जोखिम बढ्न थालेपछि माघ १५ गते सम्म बिद्यालय बन्द गर्ने CCMC को निर्णय

कोभिडको जोखिम बढ्न थालेपछि माघ १५ गते सम्म बिद्यालय बन्द गर्ने CCMC को निर्णय

स्वास्थ्य

images
  • 544
    SHARES

  • images
    images
    images
    कोभिडको जोखिम बढ्न थालेपछि माघ १५ गते सम्म बिद्यालय बन्द गर्ने CCMC को निर्णय
    images
    images
    images

    गुराँस मिडिया। काठमाडौं: कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताईन् ।


    यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो। नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो।

    images
    images
    images

    नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ।

    ‘अझै पनि सबै नागरिकलाई खोप पुग्न सकेको छैन। १८ वर्षमुनिका सबै विद्यार्थीलाई कोरोना खोप लगाउन नसकेको अवस्था छ’, उनले भनिन्, ‘कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय लिएको हो।’

    हरेक जाडो महिनामा विद्यालयहरु केही साता बन्द गर्ने गरिन्छ। नेपालले सुरुमा कोभिडको जोखिमलाई ख्याल गरेर १५ दिन बिदा दिने निर्णय गरिएको बताइन्। जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिने उनले बताएकी छन्।

    व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो। तर व्यवस्थापनको बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्‍मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ।

    उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ। परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन्। यो पटक धेरै विद्यालयले पुस मसान्तबाट जाडो बिदाको तयारी गरेका छन्। विद्यालयमा छोटो बिदा दिने चलन भए पनि कलेजहरूमा भने लामो जाडो बिदा दिने चलन छ। कोभिड बढ्नुअघि नै त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्मलाई बिदा दिइसकेको छ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, पौष २५ २०७८०६:५४:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij