बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्छौँ :मन्त्री आले

नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्छौँ :मन्त्री आले

images
  • 443
    SHARES

  • images
    images
    images
    नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्छौँ :मन्त्री आले
    images
    images
    images

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

    सोमबार मन्त्रायलमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरबारमा भएको अनियमितताबारे छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर अनियमितता गर्ने कारबाही गर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्ति संरक्षण र निगारानी गर्न नसक्नु दुःखको कुरा भएको बताए । मन्त्री आलेले बतास समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवम् निर्माण स्वीकृति नलिइ र मन्त्रालय एवम् विकास समितिको पूर्व स्वीकृति बिना नै १४ रोपनी जग्गामा नयाँ संरचना निर्माण गरेको पाइएको पनि बताए ।

    छानबिन समितिले बतास समूहसँग भएको सम्झौतामा उल्लेखित क्षेत्रभन्दा बढी क्षेत्रमा संरचना निर्माण गरिएको उल्लेख गरिएको छ । क्यान्टिन/क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन/क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    क्यान्टिन/क्याफ्टेरिया भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

    मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयमा सञ्चालन गर्न दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्काका छानबिन गर्न सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, पौष २६ २०७८०७:३५:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij