देवदह।रुपन्देहीको देवदहमा कुकुरको टोकाई बाट १५ जना भन्दा बढी घाइते भएका छन्। देवदह ७ को पिपलडांडाका स्थानीय लोकनाथ खरेल कुकुरको टोकाई बाट घम्भिर घाईते भएका छन्। उनको पेटमा गम्भीर चोट लागेको र हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपाचार भैरहेको छ।
देवदह ७ कालीका मन्दिर बाट टोक्न सुरु गरेको कुकुरले पिपलडांडामा खरेल सहित ३ जना देवदह ७ को मिलनचोक मा ७ जना,देवदह ७ तल्लो खैरेनीमा ४ जना र बुद्द चोकमा २ जनालाई टोकेको हो।
कुकुरको टोकाई बाट लोकनाथ खरेल,प्रताप अर्याल ,प्रकाश आचार्य,राधिका कुँवर,अमिषा विक सुशान्त पोखरेल,बिमल बिक लगायत रहेका छन्। घाइते सबैको नाम र उमेर खुलिसकेको छैन।उक्त कुकुरले ४ बर्षको बच्चा देखि ६३ बर्षको बृद्द सम्मलाई टोकेको स्थानीयले बताएका छन्
कुकुरले टोके लगतै स्थानियले उक्त कुकुरलाइ लखेटेर मारेका छन। घाइतेहरुको उपचार भैरहेको लुम्बिनी प्रादेशिक अस्पतालबुटवल,गिरि मेडिकल हाल देवदह र स्थानीय क्लिनिकहरुमा उपचार भैरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij