भिडियो
देवदह। रुपन्देहीको देवदहमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।देवदह नगरपालिका–६ गिद्देभिर स्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीयराम बहादुर कुँवर घटनास्थलमै मृत्यु भएको हो ।
टिपर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले बताउनुभयो।टिपर चुन ढुंगा लिनको पाल्पाको माथागढी तर्फ गैरहेको बेला अत्यधिक दुर्घटना ग्रस्त क्षेत्र गिद्देभिर बाट अनियन्त्रित भई खसेको थियो।
देवदह प्रहरी चौकीका इन्चार्ज सारुले करिब ४ घण्टा लगाएर ५०० मिटर तल भिर बाट चालकको शव निकाली पोस्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको जानकारी दिनुभयो। टिपरको टायर २०० मिटर तल तथा अरु भागहरु झन्डै ३०० मिटर तल काम नलाग्ने अवस्थामा रहेको इन्चार्ज सारुले जानकारी दिनुभएको छ। यस अघि पनि सोहि स्थान बाट टिपर दुर्घटनाग्रस्त भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij