बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मेल्भिन जोन डे को अवसरमा स्टेशनरी सामाग्री वितरण

मेल्भिन जोन डे को अवसरमा स्टेशनरी सामाग्री वितरण

images
  • 242
    SHARES

  • images
    images
    images
    मेल्भिन जोन डे को अवसरमा स्टेशनरी सामाग्री वितरण
    images
    images
    images

    देवदह। लायन्स क्लव इन्टरनेशनलका जन्मदाता मेल्भिन जोन्स्को १४३औँ जन्मोत्सवको अवसरमा लायन्स क्लव अफ देवदह र लायन्स क्लव अफ देवदह प्रोफेशनल युथद्धारा संयुक्त रुपमा देवदह २ मा अवस्थित श्री पेटवानिया सामुदायिक आधारभूत विद्यालयमा बाल कक्षाका १८ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । लायन्स क्लव अफ देवदहको अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बि२ नेपाल डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन विष्णु प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    आफू भन्दा कम अवसर प्राप्त व्यक्ति वा समुदायहरुलाई सेवा गर्ने उद्देश्यले मेल्भिन जोन्सद्धारा स्थापना गरिएको लायन्स क्लव इन्टरनेशनल जसले विपन्न समुदाय, व्यक्ति तथा परिवारहरुमा विभिन्न मानविय सेवाहरु गर्दै आइरहेको र सो विद्यालयमा अगामी दिनहरुमा थप सहयोगको विभिन्न कार्यक्रमहरु ल्याउने समेत प्रमुख अतिथि पौडेलद्धारा जानकारी गराउनुभयो । लायन्स क्लव अफ देवदह प्रोफेशनल युथका अध्यक्ष लायन दिपेश मल्लले कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

    images
    images
    images

    जनप्रतिनिधि वडा नं. २ का  वडा सदस्य तिलक गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर राना, विद्यालयका प्र.अ. शारदा नेपाली, विद्यालयका अन्य शिक्षक अभिभावकहरुको उपस्थितीमा विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो । लायन्स क्लव अफ देवदह प्रोफेशनल युथका सचिव नविन थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशन डिष्ट्रिक्ट ३२४ बि२ नेपाल डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन ऋषिराम सापकोटा, जोन चेयर पर्सन लायन गुमानसिं के.सी., लायन्स क्लव अफ देवदहका प्रथम उपाध्यक्ष लायन मन बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष लायन कृष्णराज पौडेल, टेमर लायन अजय चापागाई, डाइरेक्टर लायन अर्जुक कुमार रेग्मी, लायन्स क्लव अफ देवदह प्रोफेशनल युथका तर्फबाट मेम्बरसिप डाइरेक्टर लायन दिपेश गौडेल, डाइरेक्टर लायन कमल पौडेल सदस्यहरु कृष्ण आचार्य लगायतको उपस्थिती रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष ३० २०७८०९:३९:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij