बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भैरहवामा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भैरहवामा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images
  • 5.5K
    SHARES

  • images
    images
    images
    भैरहवामा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
    images
    images
    images

    बुटवल । भैरहवामा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान करिव ११ बजेको समयमा भैरहवा बुद्धचोकमा लु.१८ प.५७१६ नम्बरको मोटरसाइकल र युपि ४२ एटि ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा ओमसतिया गाउँपालिका स्थित ४१ बर्षिय जिवराज बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। बाटो क्रस गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बश्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ । ट्रकको सिसा फुटेको छ । घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष ३० २०७८०३:०३:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij