गुराँस मिडिया। देवदह -७, शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुमा रहेको अभिनयात्मक कला र नृत्य कलाको अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यालयमा कृयाशील बालक्लव द्धारा नाटक मञ्चन तथा लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा ४ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको कक्षा गत रुपमा भएको नाटक प्रतियोगितामा कक्षा ४ देखि ६ र ७ देखि ९ गरी दुई तहमा निर्णय गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ४ देखि ६ को तहमा कक्षा ५ प्रथम कक्षा ६ द्धितीय र कक्षा ४ ले तृतीय स्थान प्राप्त गरेका थिए । भने कक्षा ७ देखि ९ तर्फ कक्षा ८ ले प्रथम, कक्षा ७ ले द्धितीय र कक्षा ९ ले तृतीय स्थान हासिल गर्न सफल भए । नाटक मञ्चनको निर्णायकको भूमिका शिक्षक दधिराम ज्ञवाली र शिक्षिका आशा घिमिरेले गर्नुभएको थियो ।
त्यसै गरी अन्तर सदनात्मक रुपमा भएको लोक नृत्य तर्फ ब्लु सदन प्रथम, रेड सदन द्धितीय र ऐलो सदन ले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । लोक नृत्य तर्फको निर्णायको भूमिका मनिता थापा र आरति गुरुङले गर्नुभएको थियो । विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको उक्त कार्यक्रमको अध्यक्षता सगरमाथा वालक्लवका उपाध्यक्ष नेत्र भुषालको अध्यक्षता र विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका मा. वि संयोजक प्रदीप अधिकारीले गर्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij