बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुनवलबाट २३ बर्षिया महिला बेपत्ता,खोजी गरिदिन परिवारको आग्रह

सुनवलबाट २३ बर्षिया महिला बेपत्ता,खोजी गरिदिन परिवारको आग्रह

images
  • 5.4K
    SHARES

  • images
    images
    images
    सुनवलबाट २३ बर्षिया महिला बेपत्ता,खोजी गरिदिन परिवारको आग्रह
    images
    images
    images

    सुनवल । सुनवल नगरपालिकाबाट एक महिला तीन दिनदेखि वेपत्ता भएकी छन् । नगरपालिकाको वडा नं. १०, गैडाखाल केरावारीकी २३ बर्षिया अनिता दर्जी शुक्रबार दिउँसो करिब २ बजेदेखि हराएको उनका श्रीमान झवि बहादुर दर्जीले बताए ।


    तीन बर्षिया छोरीकी आमा समेत रहेकी दर्जी शुक्रवार दिउँसो १:४५ तिर किस्ता तिर्न भनी घरबाट हिडेको र त्यसपछि नफर्किएको उनको परिवारले जनाएको छ । 

    images
    images
    images

    गोरो वर्णकि कालो पाइण्ट, कालो स्विटर र सेतो जुत्ता लगाएकी उनी हराएको निवेदन सोही दिन नजिकैको सोमनाथ प्रहरी चौकीमा दिएको श्रीमान दर्जीले  बताए ।सोमनाथ प्रहरी चौकीका इन्चार्ज कृष्ण धितालले यसबारे निवेदन परेको र अनुसन्धान अगाडि बढाईएको बताएका छन् । 


    मुटुको रोगी समेत रहेकी ३ बर्षिया छोरी समेतलाई घरमै छाडेर गएकी अनितालाई खोजिदिन उनका  श्रीमानले अनुरोध गरेका छन् । उनलाई भेट्ने जोकोहिले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन उनको अनुरोध छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij