मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

धुर्मुस सुन्तली फाउन्डेसनका बिरुद्द अख्तियारमा उजुरी

धुर्मुस सुन्तली फाउन्डेसनका बिरुद्द अख्तियारमा उजुरी

images
  • 342
    SHARES

  • images
    images
    images
    धुर्मुस सुन्तली फाउन्डेसनका बिरुद्द अख्तियारमा उजुरी
    images
    images
    images

    काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको आरोप लगाउदै पक्राउ गरी अनुसन्धान गर्न उजुरीमा माग गरेका हुन् ।

    images
    images
    images

    अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै कट्टेल र घिमिरेविरुद्ध छानविन गर्न निवेदन दिइएको हो । अधिकारीले आइतबार अख्तियार आयोग टंगाल काठमाडौँमा निवेदन दर्ता गराएका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उजुरी दिएको जानकारी गराएका छन् ।

    ‘देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगरपालिका लगायतका सरकारी कार्यालयबाट ५७ करोड भन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरुबाट मूल्याङकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य पुरा नगरी उल्टै १७ करोड ऋण तिर्न पर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरुलाई पक्राउ गरि आर्थिक अपचलन र ठगी मुद्धा माग गर्दछु,’ अधिकारले निवेदनमा लेखेका छन् ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, माघ २ २०७८०७:०९:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij