देवदह।रुपन्देहीको देवदह नगरपालिकामा कार्यरत १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीमा लक्षण देखिएपछी बिहिबार अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको थीयो ।
परिक्षण गरिएको मध्य १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिनुभयो।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण व्यापक बृद्दि भएको छ। पछिल्लो २४ घण्टामा १४ हजार १४ जनाको पिसिआर परिक्षण गरिएकोमा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको छ।
भिडियो हेर्नुहोस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij