मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनपत्रकार सङ्गठन पाल्पाको अध्यक्षमा मोहन निवाङ चयन

जनपत्रकार सङ्गठन पाल्पाको अध्यक्षमा मोहन निवाङ चयन

images
  • 272
    SHARES

  • images
    images
    images
    जनपत्रकार सङ्गठन पाल्पाको अध्यक्षमा मोहन निवाङ चयन
    images
    images
    images

    तानसेन । जनपत्रकार सङ्गठन नेपाल पाल्पाको प्रथम जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ। सम्मेलनले मोहन निवाङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

    सङ्गठनको उपाध्यक्षमा मनीषा आले,सचिवमा सौरभ रेग्मी,सहसचिवमा गमनसिंह टोमटा र कोषाध्यक्षमा अस्मिता लम्साल चयन भएका छन् । त्यसैगरी जिल्ला सदस्यहरूमा कल्पना न्यौपाने, महेश काम्मु, निर्मला बस्नेत, पुष्पा गैरे, पूजा सुनार, रम्बा राना, पुष्पा रासकोटी, विजय सारू, रोशनी राना, लक्ष्मी पाण्डे, सविता गहतराजलगायत चयन भएका छन् ।

    images
    images
    images

    नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै सम्मेलनका विशिष्ट अतिथि रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न जनपत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । जनपक्षीय पत्रकारिता आवाजविहीनहरूको आवाज भएकाले युवा जनपत्रकारहरूले समाजमा दलाल सत्ताले आवाज बन्द गराएका श्रमिक, उत्पीडित समुदायको आवाज घन्काउनुपर्ने, समाजमा विद्यमान भ्रष्टाचार, शोषण, व्यभिचारको भण्डाफोर गर्नुपर्ने र वैज्ञानिक समाजवादका पक्षमा जनमत निर्माण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ थियो ।

    कार्यक्रमका अतिथि जनपत्रकार सङ्गठन चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष दीपेश बिष्टले जनपत्रकारहरूले एकीकृत जनक्रान्तिका पक्षमा प्रचारप्रसार गर्नुपर्ने र क्रान्तिकारी शक्ति निर्माण गर्नुपर्ने बताए । जनपत्रकारिताको इतिहासको चर्चा गर्दै उनले हरेक आन्दोलनहरूमा जनपत्रकारहरूले ऐतिहासिक भूमिका निर्वाह गरेको पनि प्रस्ट पारे । मिसन पत्रकारितामा जनपत्रकार सङ्गठनले निर्वाह गरेको भूमिका उल्लेख्य रहेको भन्दै उनले उदीयमान पुस्ताको उल्लेख्य सहभागिताले आन्दोलनमा ऊर्जा थपिएको धारणा राखे ।

    जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य आलोक लिम्बूले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै भने, ‘तपाईंहरूले देश, जनता र क्रान्तिका पक्षमा निर्वाह गरेको भूमिका नै तपाईंहरूको जिम्मेवारी र दायित्वबोधको कसी हो । एकीकृत जाक्रान्तिलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुहोला ।’ जनपत्रकारहरू एकीकृत जनक्रान्तिको सञ्चारसेना रहेको भन्दै लिम्बूले जनक्रान्तिका विरुद्ध षड्यन्त्र गर्ने र क्रान्तिमाथि घात गर्नेहरूका विरुद्ध जस्तोसुकै स्वरुपको संघर्षमा पनि भाग लिनुपर्ने बताए ।

    कार्यक्रमको अध्यक्षता गरेका जनपत्रकार सङ्गठन लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा सङ्गठनका पाल्पा जिल्ला इन्चार्ज मुक्ति गैरेले क्रान्ति जारी रहेको समयमा जनपत्रकारहरूको भूमिका झनै बढेको बताए । पाल्पा जिल्लामा युवा पुस्ता रहरलाग्दो गरी क्रान्तिमोर्चामा लामबद्ध भएकोमा खुसी व्यक्त गर्दै गैरेले दलाल पुँजीवादी सत्ताका सबै षड्यन्त्र, जालझेल र दमनलाई प्रतिरोध गर्दै सञ्चारकर्मीले देश र जनताका पक्षमा सूचना प्रवाह गर्नुपर्ने बताए ।

    कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य एवम् पाल्पा–गुल्मी इन्चार्ज भृकुटी, जनपत्रकार सङ्गठन लुम्बनीका सचिव अनिल नेपाली, नेकपा पाल्पा जनसरकार प्रमुख नेपाललगायत उपस्थित थिए । जिल्ला कार्यसमितिको प्यानल प्रस्ताव सङ्गठनका लुम्बिनी प्रदेश अध्यक्ष दीपेशले र कार्यक्रमको सञ्चालन नवनिर्वाचित अध्यक्ष मोहन निवाङले गरेका थिए । सम्मेलनमा जिल्लाका विभिन्न क्षेत्रमा अध्ययनरत र कार्यरत जनपत्रकारहरूको सहभागिता रहेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ ४ २०७८०९:२२:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij