मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुनसरी मेलामा 'खेसाारि लाल' नआउने भएपछि स्टेज तोडफोड,४ स्कार्पियो जलाइयो

सुनसरी मेलामा 'खेसाारि लाल' नआउने भएपछि स्टेज तोडफोड,४ स्कार्पियो जलाइयो

images
  • 455
    SHARES

  • images
    images
    images
    सुनसरी मेलामा 'खेसाारि लाल' नआउने भएपछि स्टेज तोडफोड,४ स्कार्पियो जलाइयो
    images
    images
    images

    सुनसरी। सुनसरीमा आयोजना भएको तेस्रो बर्जु महोत्सवमा भोजपुरि स्टार खेसाारि लाल यादव नआएको आक्रोशमा दर्शकहरुले ४ वटा स्कार्पियो गाडी र कुर्सी जलाउनु साथै अन्य सामाग्रीहरु सबै तोडफोड गरेका छन्।

    सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।  मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।

    images
    images
    images

     उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ । घटनास्थललाई नियन्त्रणमा लिनका लागि  मोरङ र सुनसरीबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको उनले बताए । 

    बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै  जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।  

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ ४ २०७८०८:०५:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij