मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरको पहलमा ब्रेन ट्यूमरका बिरामीलाई आर्थिक सहयोग

मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरको पहलमा ब्रेन ट्यूमरका बिरामीलाई आर्थिक सहयोग

images
  • 464
    SHARES

  • images
    images
    images
    मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरको पहलमा ब्रेन ट्यूमरका बिरामीलाई आर्थिक सहयोग
    images
    images
    images

    देवदह। सामाजिक संजालमा सक्रिय लामो समय देखि सामाजिक कार्यहरु गर्दै आइरहेको फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले ब्रेन ट्युमरका बिरामीलाई आर्थिक सहयोग गरेको छ। 

    मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा संकलित १ लाख २ हजार ३८१ रुपैंया रुपन्देहीको देवदह नगरपालिका ८ का ब्रेन ट्युमरका बिरामी आयुष थापा मगरको परिवारलाई हस्तान्तरण गरिएको हो। 

    images
    images
    images

    बिगत १ बर्ष देखि ब्रेन ट्युमरका बिरामी भएका आशिषलाई सुरुमा युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरि उपचार गराइएको र डाक्टरले दिमागमा पानी जमेको बताए पछि हाल भारतको हरियाणामा उपचार भैरहेको छ। 

    आर्थिक अवस्था कमजोर भएका आशिषको उपचारमा थोरै भए पनि राहत होस् भन्ने हेतुले बिभिन्न सहयोगी हातहरु बाट संकलित रकम बिरामीको आफन्तलाई हस्तान्तरण गरिएको अध्यक्ष लामिछानेले बताउनुभएको छ। 


    रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ,देवदह नगर समितिका अध्यक्ष शोभा कुमारि थापा,नेपाल मगर युवा संघका पुर्व सह-सचिब बिनोद थापा मगर,नेपाल मगर युवा संघका अध्यक्ष भुवन खासु मगर,समाजसेवी किशन बहादुर थापा,केश बहादुर लामिछाने,शान्ति थापा मगर लगायतको सहभागिता रहेको थियो। 

    मगर संसार फोटो ग्यालरीका एडमिन अमिर मगरको अध्यक्षता र नेपाल मगर संघ,देवदह नगर समितिका कोषाध्यक्ष मीलन मास्की राना मगरको संचालनमा सहयोग रकम हस्तान्तरण गरिएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, माघ ८ २०७८०८:१०:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij