देवदह ।रुपन्देहीको देवदहमा अवस्थित देवदह जेसिजको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
देवदह जेसिज बर्ष २०२१ का अध्यक्ष केशवराज पराजुलीले बर्ष २०२२ का अध्यक्ष निमराज न्यौपाने 'राजेन्द्र' लाई जेसिजको चेन गला बाट निकालेर लगाइदिंदै पद हस्तान्तरण गरिएको थियो।
बर्ष २०२२ का लागि कार्यवाहक उपाध्यक्षमा धर्मराज चापागाईं,धर्मराज ढकाल,कानुनी सल्लाहकार किशन पौडेल,महासचिवमा दुर्गा दाहाल,कोषाध्यक्षमा प्रकाश कडेल,उपाध्यक्षमा चन्दा पाठक,दिनेश पराजुली,मधु भण्डारी,अस्मिता गुरुङ,सह-सचिवमा प्रशान्त रिमाल र सह-कोषाध्यक्षमा रामचन्द्र न्यौपाने निर्वाचित भएका थिए
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले युवाहरुलाई उद्यमशील बन्न आग्रह गर्नुभयो । उहाँले जेसीज आस्था र प्रतिवद्धतालाई व्यवहारमा रुपान्तरण गर्न पनि जोड दिनुभयो । जेसीजले समाज र समग्र राष्ट्रको विकासमा योगदान गर्न सक्ने युवा उत्पादन गर्नुपर्ने रज्जाकको भनाई रहेको थियो।
कार्यक्रम देवदह जेसिजका पुर्व अध्यक्ष कृष्ण रिमालको स्वागत र कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij