मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना पक्राउ

पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना पक्राउ

images
  • 236
    SHARES

  • images
    images
    images
    पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना पक्राउ
    images
    images
    images

    काठमाडौं । कोटेश्वरबाट पठाओ राइडरलाई धापाखेल पुर्‍याइ अपहरण लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार पठाओ राइडर २५ वर्षीय प्रविन राईलाई कोटेश्वरबाट धापाखेल पुर्‍याएर अपहरण लुटपाट गर्ने २१ वर्षीय सुमन तामाङ र मिनराज राईलाई पक्राउ गरिएको हो ।

    शनिबार राति सुमन तामाङले कोटेश्वरबाट पठाओ बुक गरेर धापाखेल पुर्‍याएका थिए, भने उनका साथी मिनराज राईले पठाओ राइडर राईलाई बन्धक बनाउन सहयोग गरेका अनुसन्धानबाट खुलेको छ ।

    images
    images
    images

    धापाखेल पुर्‍याएपछि उनीहरुले पठाओ राइडर राईको मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार रुपैयाँ र बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।

    आइतबार बिहान उनीहरु दुवै जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    आज बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर राइलाई हारगुहार गर्दै गरेको अवस्थामा भेटेपछि प्रहरीलाई गरिएको थियो । त्यस्तै प्रहरी टोली घटनास्थल पुगे लगत्तै राइडर राईको उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, माघ ९ २०७८०७:१९:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij