मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

संकटमा अर्थतन्त्र :बजेटको आकारभन्दा व्यापार घाटा अधिक

संकटमा अर्थतन्त्र :बजेटको आकारभन्दा व्यापार घाटा अधिक

images
  • 207
    SHARES

  • images
    images
    images
    संकटमा अर्थतन्त्र :बजेटको आकारभन्दा व्यापार घाटा अधिक
    images
    images
    images

    काठमाडौं । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ ।

    चालु आर्थिक वर्ष २०७८\७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।

    भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । पोहोर साल सोही अवधिमा व्यापार घाटा ६ खर्ब रुपैयाँ थियो ।

    धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ । १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ १० २०७८०९:३१:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij