बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा वृद्द आश्रममा खाद्यान्न वितरण

प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा वृद्द आश्रममा खाद्यान्न वितरण

images
  • 216
    SHARES

  • images
    images
    images
    प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा वृद्द आश्रममा खाद्यान्न वितरण
    images
    images
    images

    भैरहवा। प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समितिले प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवाको अवसरमा वृद्द आश्रममा खाद्यान्न वितरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। रुपन्देहीको ओम सतिया गाउँ पालिका बालापुरमा रहेको नेपालकै एक मात्र सत्य साई वृद्द आश्रम श्री सत्य साई वृद्द सेवा आश्रममा खाद्यान्न वितरण तथा आश्रमको समसामायिक बिषयमा अन्तरक्रिया कार्यक्रम गरि १८ औं स्थापना दिवस मनाएको हो। 

    कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जिसी 'निर्मल' ले वृद्द आश्रम संचालनका बिषयमा जानकारी लिदै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्दता व्यक्त गर्नु  भएको थियो। 

    images
    images
    images

    हाल उक्त वृद्द आश्रममा ६४ बर्ष देखि ९० बर्ष उमेर सम्मका ९ जना आमा र ५ जना बुवा रहेका छन् ।रामेछाप,पाल्पा,अर्घाखाँची,गुल्मी,स्याङ्जा र प्युठानका आमा बुवाहरु उक्त आश्रममा आश्रय लिएर बसेका छन्। आफुहरु सुगर तथा प्रेसरको विरामी रहेको र ४ महिना देखि चेक जांच गर्न नापेको गुनासो गरेका थिए। 

    वृद्द आश्रमका कर्मचारी केशब पौडेलका अनुसार वृद्द आश्रमको आय श्रोत स्थानिय समाजसेवी र दाताहरु रहेको जानकारी दिनुभयो। वृद्द आश्रमको सटर बाट मासिक आम्दानि हुने गरेको भए पनि सडक निर्माणका क्रममा सटरमा क्षेति पुग्दा हाल प्रयोग बिहिन भएको बताउनुभयो। हाल १४ जना वृद्द बृद्दा रहेको उक्त आश्रम हाल ३ जना कर्मचारी कार्यरत छन् 

    कार्यक्रममा प्रेस सेन्टर रुपन्देहीका जिल्ला अध्यक्ष कमल रायमाझीले आश्रममा देखिएका अभावहरुको पूर्ति गर्न आवश्यक सहयोग गर्ने बताउंदै स्वास्थ्य चेकजाँचका लागि आअवश्यक समन्वय गर्ने आश्वासन दिनुभएको थियो। 

    कार्यक्रम प्रेस सेन्टर रुपन्देहीका सचिवालय सदस्य रिय बस्नेतको स्वागत र सचिव बिष्णु पोखरेलको संचालनमा सम्पन्न भएको थियो। 

    भिडियो 

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, माघ १५ २०७८०८:०७:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij